December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

काेरियामा नेपालीहरुकाे रमाइलो दशैं : फाेटाे फिचर

दक्षिण काेरिया असाेेज २९ ,नेपालीहरुकाे महान पर्व बढा दशै काेरिया रहेका नेपालीहरुले पनि प्रत्येक वर्ष मनाउँदै आइरहेका छन्।

यसपटक पनि काेरियामा रहेका केही नेपालीहरुले धुमधामका साथ दशैं मनाएका छन् । साथीभाइहरु सँग भेटघाट गरि मिठाे मसिनाे खादै आज टीका ग्रहण पनि गरेका छन् । नेपालीहरु जुनसुकै सुविधा सम्पन्न राष्ट्रमा पुगेपनि आफ्नाे धर्म र सांस्कृतिक कहिलेपनि भुल्न सक्दैनन् ।

सात समुन्द्र पारि रहे पनि विभिन्न देश जस्तै मलेसिया ,दुवै,कुवेत ,काेरिया ,जापान,अस्ट्रेलिया , अमेरिका लगाएतका थुप्रै देशमा रहेका नेपालीहरुले बढा दशै मनाउने गर्दछन् ।

त्यसाेत नेपाली पर्व भनेर विदेशी भूमिमा विदा त हुदैन तर आफूहरूलाई पाएक समय मिलाए संघ संस्था तथा अन्य नेपाली श्रमिक हरुले पनि साथीभाइहरुलाई निमन्त्रणा गरि एक आपसमा दशै मनाउने र रमाइलो गर्ने गर्छन् । कतिपय देशमा भने टीका ग्रहण गर्नकै लागि नेपालमा जस्तै घटस्थापनाकाे दिन पूजा गरि जमारा उमार्ने गर्छन् र बिजया दशमिकाे दिन दुर्गा भवानीकाे पूजा गरि एक आपसमा टीका ग्रहण गर्ने गरिन्छ ।

त्यस्तै काेरियामा पनि कतिपय संघसंस्था र व्यवसायीक रुपमा रहेका नेपालीहरुले टीका ग्रहण कार्यक्रम राखि टीका लगाइदिने र अन्य नेपालीहरुले साथीभाइहरुसँग भेटघाट गरि मिठो मसिनाे खांदै गित बजाउँदै आफ्नै काेठामा रमाइलो गरि दशैं मनाउने गर्छन् । २०७८ काेदशैंमा काेरियामा नेपालीहरुकाे रमाइलाे यस्तो छ ।

काेरियामा नेपालीहरुकाे दशै तस्बिरमा हेर्नुहाेस

शीर्ष समाचार

धेरै पढिएको