
काठमाडौं असाेज २९। गएकाे २४ घण्टामा नेपालमा २७२ जना काेराेना संक्रमित थपिएका छन् ।

४ हजार ७१२ जनामा परिक्षण गर्दा पीसीआर विधिबाट १४० जना र एन्टीजेन परिक्षण विधीबाट ३२ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७७७ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै थप ८ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे संख्या ११ हजार २७७ जना पुगेका छन् ।







