
काठमाडौं असाेज २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले परिवार सँग दसैँको टीका ग्रहण गरेका छन् । विजयादशमीका दिन आज बिहान १० : ०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो भने उक्त साइतमा प्रधानमन्त्रीले टीका ग्रहण गरेका हुन् ।
श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन ।







