
काठमाडौं असाेज २८ । गएकाे २४ घण्टामा नेपालमा ४५५ जना काेराेना संक्रमित थपिएका छन् ।
६ हजार २१४ जनामा परिक्षण गर्दा पीसीआर विधिबाट ३९८ जना र एन्टीजेन परिक्षण विधीबाट ५७ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८०४ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै थप ८ जजाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा काेराेनाका कारण मृत्युु हुनेकाे संख्या ११ हजार २६९ जना पुगेका छन् ।







