December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

पहिरोका कारण बाह्रबिसे-दुरुमथली सडकखण्ड अवरुद्ध

सिन्धुपाल्चोक, जिल्लाको बाह्रबिसे नगरपालिका वडा-२ कर्थलीस्थित चौतारीमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आइतबार राती गएको बेमौसमी पहिरोका कारण यातायात सेवा दुइतर्फी रुपमै बन्द भएको हो ।

आज बिहानैबाट अवरुद्ध सडक खुलाउन दुइवटा डोजर परिचालन गरिएको छ भने हाल धमाधम सडक खुलाउने काम भैरहेको छ । स्थानीय प्रेम बहादुर तामाङले भने, “बिहान नौ बजेबाट बाटो खुलाउन डोजर सञ्चालन गरिएको छ । बेलुका ६ बजेसम्म खुल्न सक्ने अनुमान गरिएको छ ।”

सो क्षेत्रका वरिपरि चर्किएका कारण सडक सञ्चालनमा कठिनाइ भएको सञ्चालक समितिको गुनासो छ । सोहि ठाउँमा यसअघि पनि यसै वर्षको बर्खायाम सुरु भएसँगै ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

अहिलेको बेमौसमी पहिरोका कारण स्थानीयलाई आवतजावत गर्नका साथै मुख्य चाडपर्व दसौं, तिहारका बेला सहरबाट गाउँ पस्नेहरुलाई समेत सास्ती खेप्नु परेको छ ।

पहिरो प्रभावित ठाउँमा स्थानीयदेखि वडा अध्यक्ष बम बहादुर तामाङसमेतको उपस्थिति रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको