
वासिङ्टन, इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनि अमेरिका आउनु लागेकाे अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनि अमेरिकाको वासिङ्टन आउने जनाएको छ ।
“राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्ने छन् ।,” ह्वाईट हाउसद्वारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ । अन्तर्राष्ट्रिय समाचार गाेरखापत्रबाट वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध सङ्कटमा परिरहेका बेला उनिहरु बीचमा भेटवार्ता हुन लागेको हो ।
उनिहरूका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरू नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ । हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्बन्धलाई सकारात्मक र बलियो बनाउँदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायत विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।






