October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप १ हजार ६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं, शुक्रबार नेपालमा थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ रहेको छ ।

सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको