
काठमाडौं उपत्यकामा लगातार संक्रमित बढिरहेको छ आजमात्र६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शनिबारकाे कोभिड १९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमित फेला परेकाे बताएको छ ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् ।२४ घन्टाको अद्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।
आाज पुन ६२ जना संक्रमित थपिएको छ । संख्यातमक रुपमा काठमाडौंमा संक्रमितको संख्या बढ्दै गैरहेकाे छ ।







