October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई विमान चलाउन रोक 

काठमाडौं, नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ । नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको हो ।

प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर विभिन्न ठाउँबाट प्रशंसा कमाइरहेका शेर्पालाई घटनाको छानविन प्रतिवेदन नआउञ्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको हाे ।

यसअघि सोमबार ८ः३० मा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा  पुनः काठमाडौं फर्काइएको थियो ।

आकाशमै दुई घण्टा होल्ड भएको साे जहाज तेल सकेर विमान अवतरण गर्न खोजिएकोमा अचानक पाङ्ग्रा खुलेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको