October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने प्रचण्डको दावी

file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने दावी गरेका छन् । आज राजधानीमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ’ प्रचण्डको भनाइ छ ।

उनले पहिलोचोटी सरकारको साझा न्युनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको छ’, उनले भने, ‘विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको उनले बताए

शीर्ष समाचार

धेरै पढिएको