April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

काठमाडौंमा आजबाट भिडभाड र सभा-जुलुस गर्न रोक, चाडबाड सांकेतिक रुपमा मात्रै मनाउन आग्रह

file photo

काठमाडौं, काठमाडौंमा बिहीबार राति १२ बजेबाट लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैँले कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका मुख्री चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आग्रह गरेकाे छ ।

यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । अर्को आदेश नभए सम्मका लागि सो व्यवस्था लागू गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको