
काठमाडौं ,शनिबार ३७८ जना नयाँ काेराेना संक्रमित थपिएको छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । शनिबार थप ४९९ जना काेराेना संक्रमित बिरामी निकाे भएर घर फर्किएका छन् । याे सँगै १६ हजार ३१३ जना डिस्चार्ज भएका छन् हालसम्म ६ हजार २०६ जना संक्रिय संक्रमित रहेका छन् ।
नियमित मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना देखिएको जानकारी गराएका हुन् ।
काेराेना संक्रमण बाट आज थप ३ जनाकाे मृत्यु भएको छ । याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या ७३ पुगेकाे छ । आज काेराेना मुक्त जिल्ला ७ पुगेकाे छ





