October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप १ हजार १५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


काठमाडौं, बुधबार नेपालमा थप १ हजार १५७ जनामा  कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार १६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ५४१ परीक्षणमा १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ रहेको छ ।

सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ । हालसम्म देशभर ४१ लाख ९६ हजार ८२७ नमुनाको पीसीआर परीक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको