October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

file photo

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

बुधबारको उक्त भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । सत्ता गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने पूर्व तयारीको रुपमा आजको बैठकलाई हेरिएको छ ।

बालुवाटार स्रोतका अनुसार आजै माओवादीको स्थायी कमिटी बैठकसमेत बस्ने तयारीमा रहेको छ । बैठक दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।

शीर्ष समाचार

धेरै पढिएको