March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार

छात्रामा कोरोना देखिएपछि विद्यालय पुनः बन्द

स्याङ्जा, अध्ययनरत दुई छात्रामा कोरोना सङ्क्रमण देखिएपछि स्याङ्जाको एक विद्यालय पुनः बन्द भएको छ । कोरोना सङ्क्रमणका कारण लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीका अनुसार
स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

उनले भने, ‘कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत लक्षण देखिएकाले नजिकैको स्वास्थ्य चौकीमा कोरोना परीक्षण ग¥यौँ । उनीसँगै बसेका अन्य १० जना छात्रछात्राको पनि एन्टिजेन परीक्षण गर्दा थप एक छात्रामा कोरोना पुष्टि भएको हो।’

यसैगरी दुई छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम आजदेखि तीन दिन विद्यालय बन्द गरिएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको