October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन स्वास्थ्य उपचारका लागि बुधबार बैंकक प्रस्थान गरेका छन् ।

नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहअनुसार थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनीसँगै साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।

पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । ​

जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको