October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

थप १ हजार १५८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, मंगलबार नेपालमा थप १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३ परीक्षणमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ रहेको छ ।

सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको