October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन

काठमाडौं, पीडितलाई तत्काल राहत हुने गरी ‘लैगिंक हिंसा निवारण कोष’ परिचालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकले सो निर्णय गरेको हो ।

उक्त बैठकले पीडितलाई तत्काल राहत हुने गरी लैंगिक हिंसा निवारण कोष परिचालन गर्न र गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र त्यसका लागि आवश्यक समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसैबीच महिला हिंसासँग सम्बन्धि कोष तत्काल परिचालन गरी पीडितलाई राहत दिने व्यवस्था गर्न सरकारलाई सचेत गराइएको समितिकी सभापति निरु देवी पालले जानकारी दिइन् ।

समितिले लैगिंक हिंसासँग सम्बन्धित कोषहरुलाई एकीकृत गर्न पनि सरकारलाई सचेत गराएको छ । सभापति पालले भनिन्, ‘लैगिक हिंसासँग सम्बन्धित कोषहरुलाई एकीकृत गरी व्यवस्थापन गरी पीडितका लागि तत्काल राहत पाउने गरी रकम संरक्षण गर्न÷गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा त्यसका लागि आवश्यक समन्वयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गर्दछ ।’

शीर्ष समाचार

धेरै पढिएको