October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

देशभर थपिए ८३४ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं, आइतबार थप ८३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घण्टामा थप १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६१ हजार १५४ रहेको छ ।

सोही नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

यसैगरी हाल देशभर ४१ लाख ६२ हजार ४२२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १९ हजार १४२ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको