April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

एमाले स्थायी कमिटी बैठक जारी, दश बुँदे सहमति कार्यान्वयनबारे छलफल

file photo

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । आजको सो बैठकमा समूहगत छलफलबाट आएको सुझावको विषयमा छलफल भैरहेको जनाईएको छ ।

यसअघि पार्टीको जारी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटीको बैठकमा भीम रावल, झपट रावल र भानुभक्त जोशीले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिएपछि यो विषयमा अहिले स्थायी कमिटीमा छलफल भैरहेको छ ।

यसैगरी दश बुँदे सहमति खासगरी सुदुरपश्चिम प्रदेशमा कार्यान्व्यन नभएको रावललगायत नेताहरुको गुनासो छ ।

शीर्ष समाचार

धेरै पढिएको