October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि ललितपुरमा भेटियो १० वर्षीय उज्ज्वलको शव

यहीँ ढलमा खसेर बेपत्ता भएक थिए उज्ज्वल

काठमाडौं, काठमाडौंको कपनमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव आइतबार फेला परेको छ । ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो ।

यसअघि गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए । प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको शव फेला परेको हो ।

अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले सञ्चारमाध्यमलाई जानकारी दिएकी छन् ।

शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए । यसैगरी उनको शव पोष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा लगिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको