October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

देशभर थपिए १ हजार १०३ कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं, शुक्रबार थप १ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । गत २४ घण्टामा १५ हजार ६९० जनामा गरिएको परिक्षणमा आरटी-पीसीआर विधिबाट १ हजार १०३ र एन्टिजेन विधिबाट ३७३ जनामा कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ५५० निको भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७ लाख ५८ हजार ५०४ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ र २४४ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी सोही अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको