October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

दशैंअघि नै २१ जिल्लामा अधिवेशन गर्ने कांग्रेसको निर्णय

file photo

काठमाडौं, नेपाली कांग्रेसले शनिबारबाट ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार २१ वटा हिमाली जिल्लामा दशैं अघिनै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । पदाधिकारी बैठकले वडा अधिवेशन सकिएका ६४ जिल्लामा मात्र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । 

यसैगरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा सहमति नजुटेकाले कांग्रेसको वडा अधिवेशनहरु पनि प्रभावित बनेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको