October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने काम प्राथमिकतामा: प्रधानमन्त्री देउवा

file photo

काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालले कोरोनाविरुद्धको लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

आज अमेरिकाका राष्ट्रपति जो वाइडेनले आयोजना गरेको ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन् ।   

उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उनले नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको बताएका छन् ।

उनले भने, ‘हामीले कोभिड–१९ बाट सुरक्षित रहनका लागि जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिएका छौं ।” 

यसैगरी प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित जनसंख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसंख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको