April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ: बादल

file photo

काठमाडौं, पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनको बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् ।

नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्नेमा जोड दिएका छन् ।

स्रोत नखुलाइ लगानी गर्न पाउने व्यवस्था गर्नु गलत भएको बताउँदै राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने र सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए । 

शीर्ष समाचार

धेरै पढिएको