October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुल्यो

सरकारको संशोधित बजेट संसदको दुवै सदनबाट पारित भई प्रमाणिकरण भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधयेक, २०७८ प्रमाणिकरण गरेकी हुन् ।

बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुलेको हो । अब सरकारी कर्मचारीले भाद्रको तलब पाउने भएका छन् । बजेट प्रमाणिकरण राजपत्रमा सूचना प्रकाशित गरेसँगै खर्चको बाटो खुलेको छ ।संशोधित बजेट सदनबाट पारित नहुँदा देश एक हप्ता बजेटविहिन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको