October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरोध जारी राख्ने

file photo

काठमाडौं, प्रतिनिधिसभा बैठकको आज बस्दैछ ।  दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । 

यसैगरी आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ भने यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । आज पनि एमालेले संसद अवरोध जारी राख्ने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको