October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

गुल्मीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

गुल्मी, अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा गुल्मीको तम्घासमा तीन जनाको मृत्यु भएको छ । गए राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले क्षेतिग्रस्त बनाएको हो ।

जिल्ला प्रहरी गुल्मीमा प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयका अनुसार उक्त पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा परियार र जमुना परियार, २१ वर्षीया छोरी भावना परियारको ज्यान गएको हो ।

यसैगरी पहिरोले पुरेको सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार सुरु गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको