April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

सर्वोच्चद्वारा कुलमानविरुद्धको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

मंगलबार सो मुद्दा पहिलो नम्बरमा राखिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस अघि भदौ २० गते पनि सो मुद्दाको पेशी प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको भए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको