April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्विकार

काठमाडौं, पुर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै दाय गरेको मुद्दामा सर्वोच्चले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ ।

मंगलबार बसेको न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

उक्त इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन समेत आदेश दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको