October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

मौसम पुर्वानुमान: केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, आज देशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबार दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको