October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

थप ९७५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं, सोमबार थप ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर गरी ९७५ जना संक्रमित थपिएका हुन् ।  २४ घण्टामा २ हजार ९५७ निको भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५२ हजार १७० रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ र २६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको