October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो १२ बजे बस्नेगरि उक्त बैठक बोलाएको हो ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार यहीँ असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीको लागि आजको बैठक बोलाईएको हो ।

आजको बैठकमा विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुने उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको