October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

देशमा दिगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने: प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दिगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने बताएका छन् । आइतबार सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको पनि उनले बताए ।

उनले भने, ‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ ।’ उनले चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना खोप लगाइने दाबी पनि गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको