October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

सबै नागरिकको समान पहुँच र सामाजिक सुरक्षा प्रत्याभूति प्रदान गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएका छन् । आज सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिएकी छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘‘संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो । संविधान जननिर्वाचित संविधान सभाद्वारा २०७२ साल असोज ३ गते जारी संविधान लोकतान्त्रिक प्रणाली स्थापना गर्ने मार्गदर्शन हो । ”

यसैगरी राष्ट्रपति भण्डारीले लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन्।

शीर्ष समाचार

धेरै पढिएको