October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

चाँडै सरकारले पूर्णता पाउने नेता सिंहको विश्वास

file photo

काठमाडौं, नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनका केही दलको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताएका छन् । शनिबार गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा गणेशमान सिंहका २५ औं स्मृति दिवसको अवसरमा उनले सो जानकारी दिएका हुन् ।

उनले अब चाँडै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे। नेता सिंहले कम्युनिस्टहरुको दुई तिहाइको सरकारले जनभावनामा अनुरुप काम गर्न नसक्दा गठबन्धनको सरकार बनेको बताए ।

कम्युनिस्टहरु असफल भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको र सरकारले जनभावना अनुसार काम गर्नुपर्ने उनको भनाइ छ । नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए ।

शीर्ष समाचार

धेरै पढिएको