April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कक्षा १२ को परीक्षा आजदेखि शुरु,तीन लाख ७४ हजार विद्यार्थी सहभागी

काठमाडौं- भदौ ३० गते कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । गत साउन ३१ मा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित भएपछि आजबाट पुनः शुरु गर्ने भएको हाे ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा अधिकांश विद्यार्थीले खोप लगाएपछि शुरु गर्न लागिएको जनाएको छ । परीक्षा असोज ८ गतेसम्म संचालन हुनेछ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको बताए ।

परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको र यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।

यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ । परीक्षामा विद्यार्थीलाई होम सेन्टर को व्यवस्था समेत मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो ।

शीर्ष समाचार

धेरै पढिएको