
बिरगंज , पर्सा जिल्लामा एकैदिन १३३ जनामा थप कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।बाराका ४ र रौतहटका ४ गरि १४१ जना नया संक्रमीत थपिएको हो।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाधायायका अनुसार १४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्साका ४४ जना रहेका छन् ।
तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेको मे.सु मदन कुमार उपाधाययले बताएआज थपिने संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १२० जना पुरुष रहेका छन् ।
संक्रमितहरु बीरगन्ज महानगरपालिकाको श्रीपुर , मुर्ली , तेजारथ टोल , रानिघाट , अशोक वाटिका, घडीअर्वा, आदर्शनगर , चिनीमिल, पिपरा , गण्डक बहुअरी,प्रतिमा चौक , भिस्वा, सबैठवा, खल्वाटोला श्रीसिया, अलौ , चन्डाल चौक , छपकैया, पृथ्वीनगर, गणेश चौक, फुलबारी टोल, भवानीपुर टोलबाट नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै खल्वाटोला श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको मे. सु मदन कुमार उपाध्यायले जानकारी गराएका थिए ।





