
काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुईजना सङ्क्रमितको निधन भएको पाटन अस्पताल, ललितपुरले जनाएको छ । अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले साउन १९ गते भर्ना भएका दुबैजनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जानकारी दिएका हुन । ४५ वर्षीय पुरुष कुकुरले टोकेर अस्पताल भर्ना भएको र साउन २२ गते राति निधन हाे । सप्तरी कुनौलीका ४५ वर्षीय पुरुषलाई स्टार अस्पताल सानेपाबाट पाटन अस्पताल पुर्याइएको थियो । सभार समाचार गाेरखापत्र अनलाइन
अस्पतालका अनुसार मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीको ४१ वर्षीय महिलाको आज बिहाना मृत्यु भएको हो । उनिलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।





