September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

दार्चुला घटना र अनधिकृत भारतीय उडान गरेको भन्दै विरोध, नरेन्द्र मोदीको पुत्ला दहन

काठमाडौं, नेकपा (एस)को  विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा आज मोदीको पुत्ला दहन गरेको हो ।

नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको र दार्चुला घटना विषयमा सरकार अझै मौन रहेको बेला सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन नै विरोधमा उत्रिएको हो ।

भारतीय हेलिकोप्टरहरू अनुमतिबिनै पटक-पटक दार्चुलामा प्रवेश गरेको समाचार आएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

यसैगरी उनीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा बेपत्ता रहेका जयसिंह धामीले न्याय पाउनु पर्ने माग गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको