September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप १ हजार ७५६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं, शुक्रबार नेपालमा थप १ हजार ७५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६७ हजार २७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३३४ परीक्षणमा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।


यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख २३ हजार ४५६ रहेको छ ।

हालसम्म देशभर ३९ लाख ४६ हजार १८९ नमुनाको पीसीआर परीक्षण भएको छ । यस्तै शुक्रबार कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको