March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

विद्यालय खोल्ने तयारीमा काठमाडौं महानगर

काठमाडौं, जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय खोल्ने तयारी थालेको छ ।

आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय लगायत अन्य क्षेत्र सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेसँगै महानगरले विद्यालय सञ्चालनको तयारी गरेको हो ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत मोतिराज खनालका अनुसार विद्यालय सञ्चालनबारे बृहत रुपमा छलफल अघि बढेको छ भने विद्यालय कसरी खोल्ने गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको