September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २ हजार ४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, बिहिवार देशभर थप २ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ । यस्तै नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७८६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको