September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यु

काठमाडौं, बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । भारतको चर्चित रियालिटी सो बिग बोस सिजन १३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ । शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए ।

उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’बाट भने उनले चर्चा कमाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको