September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २ हजार ५२ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं, बुधबार थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या विगत दुई दिन भन्दा थोरै बढी हो ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । त्यस्तै ३ हजार ३० जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ।

यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको