September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री खनालको राजीनामा स्वीकृत

हेटौँडा, वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले दिएको राजीनामा स्वीकृत भएको छ । मन्त्री खनालले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिएका हुन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उक्त राजिनामा स्वीकृत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी उनलाई मन्त्रालयको वेभसाइटबाट समेत नाम हटाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा मन्त्री खनालले मङ्गलबार प्रदेश निर्वाचन कार्यालय, हेटौँडा पुगेर सनाखत गरेका थिए । खनालसहित १२ जना प्रदेश सभाका सदस्यहरुले एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।

यसैगरी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन भदौ २ गते खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको