September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ नहुने भएको छ ।अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा उनको मुद्दाको पेशी तोकिए पनि मुद्दाको सुनुवाइ नमिल्नेमा परेको हो ।

उनीविरुद्ध मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो । द्वन्द्वकालमा लामाको अपहरण पछि हत्या भएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य रहेका छन् । 

यसअघि तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन् ।

यसैगरी २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको भन्दै सापकोटाविरुद्ध उजुरी दिएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको