September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

file photo

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने गरि बोलाइएको हो ।

उक्त बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ । नियमित बैठक भनेपनि प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।

यसैबीच प्रधानमन्त्री नियुक्त भएको करिब २ महिना पुग्नै लाग्दा पनि देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

शीर्ष समाचार

धेरै पढिएको