September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

अमेरिकी सेना फिर्तिसँगै काबुलमा विशेष सेना परिचालन, अफगानिस्तान स्वतन्त्र

काबुल, अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ ।

अगस्ट ३१ अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यएसियाली यस देशबाट अमेरिकी सेना फिर्ता गर्नको लागि तोकिएको समय सीमा हो । “हामी विमानस्थल सुरक्षित गर्न को लागी तयार छौं । सबै कुरा चाँडै नै सामान्य अवस्थामा ल्याईनेछ । अमेरिकी सेनाले विमानस्थलमा धेरै बिगारेको र यो एक प्राविधिक समस्या हो र समाधान गर्न समय लाग्नेछ, र पुनः सुरु गर्ने प्रयास जारी छ ।” जति सक्दो चाँडो व्यावसायिक उडान सञ्चालन गर्ने पनि मुजाहिदले बताएका छन् ।

उनले भने कि अमेरिका फिर्तापछि अफगानिस्तान ‘पूर्णस्वतन्त्र र स्वतन्त्र भएको छ । मुजाहिदले भने, तालिबानले संयुक्त राज्य अमेरिकालगायत सबै देशसँग आर्थिक र व्यापारिक सम्बन्ध राख्न चाहन्छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको