September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आजबाट काठमाडौँ–श्रीलङ्का सिधा उडान शुरू गर्दै 

काठमाडौं, श्रीलङ्कन एयरलाइन्सले आजबाट  काठमाडौँ–श्रीलङ्का सिधा उडान शुरू गर्दैछ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ ।

कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको